स्थानिय जनप्रतिनिधि: वडामा सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष प्रधान


♦ध्रुब कार्की

२५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्लामा अवस्थित खाँडादेवी गाँउपालिका वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम, मझुवा, भीरपानी, पकरबास, माकादुम, गागल–भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो ।

यस गाउँपालिकाको कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ ।

खाँडादेवी गाँउपालिका स्थित २ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा केशव कुमार प्रधान निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ केशव कुमार प्रधान, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय खाँडादेवी गाँउपालिका स्थीत २ नम्बर वडाले विकासको फड्को मारिहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष केशव कुमार प्रधान ।

वडा अध्यक्ष प्रधानले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेका छौँ । जे होस् अरूभन्दा २ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष प्रधानले बताउनुभयो ।

वडा अध्यक्ष प्रधान भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

वडामा सडकलाई क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष प्रधानले बताउनुभयो ।

वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई ग्राबेल, स्तर उन्नती तथा कालोपत्रे गरेर व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष प्रधानले भन्नुभयो, “हामीले शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन वडामा मा.वी विद्यालयको सञ्चालन गर्ने योजना रहेसँगै विद्यालयहरुका प्र.अ., शिक्षक तथा पालिका लगाएत सरोकारवालाहरु सँग बसेर छलफल गर्दै वडामा जनचेतना र शिक्षा सम्बन्धी घरदैलो कार्यक्रम गर्दै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन हामी लागि परीरहेका छौँ ।”

त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना सँगै वडामा रहेका स्वयंम सेविकाहरुलाई तालिमहरु प्रदान गर्दै वडामा जनचेतनाका कार्यक्रम लगाएत टोल टोलमा गोष्ठीहरु गर्र्दै परीचालन गरीरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई लक्षित गर्दै सि.डिेएस.सस्थां मार्फत विभिन्न सिपमुलक तालिमहरु मौरी पालन, बाख्रा पालन लगाएत सिलाई बुनाई जस्ता तालिम दिने कार्यक्रमहरु गरीरहेका छौँ ।”

त्यसैगरी व्यवसाय गर्न इच्छुक हुने व्यक्तीहरुलाई वडाले साझेदारीको रुपमा सहयोग तथा प्रोत्साहन गर्ने गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले आफ्नो कार्यकाल भित्र खानेपानीको क्षेत्रमा वडामा एक घर एक धारा बनाउने योजना रहेको बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

२ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष प्रधान बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.