बानेश्वरमा लडेर घाइते भए प्रदेश सांसद न्यौपाने


२५ फागुन, काठमाडाैं ।   बिहीबार भइरहेको राष्ट्रपति निर्वाचनका क्रममा एक जना प्रदेश सभा सदस्य लडेर घाइते भएका छन्।

मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने भोट खसालेर फर्किने क्रममा सिँडीमा लडेका हुन्। उनी के कारणले लडेका हुन् भन्ने खुलेको छैन।

उनको टाउकोमा चोट लागेको छ। घाइते सांसद न्यौपानेलाई उपचारका लागि नजिकैको सिभिल अस्पतालमा भर्ना गरिएको छ।

न्यौपाने सप्तरी- ४ (१) बाट निर्वाचित भएका हुन्। उनी नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य हुन्।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.