स्थानिय जनप्रतिनिधि: नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष तामाङको प्रतिवद्धता


♦ध्रुब कार्की

१९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ३ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा नाति तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको गत वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ नाति तामाङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै सरल स्वभाव र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा, स्वास्थ्य, कृषि र सडकको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

वडामा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्बन्धति कार्यक्रमहरु गर्ने र स्वास्थ्य क्षेत्रबाट सेवाग्राहीरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई ग्राबेल तथा स्तर उन्नती गर्ने कामहरु गरीरहेका छौँ ।”

उहाँले आफ्नो वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा कृषिलाई आधुनीकरण तथा व्यवसायीकरण गर्नका लागि युवा लाई जोड्दै कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले अगाढी बढीरहेको जानकारी दिनुभयो ।

वडामा रहेका युवा तथा महिलाहरुको लागी सचेतना मुलक सँगै स्वास्थ्य सम्बन्धी कार्यक्रम तथा तालिमहरु प्रदान गर्ने काम सम्पन्न गरेको अध्यक्ष तामाङले बताउनुभयो ।

३ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष तामाङले बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई गाउँपालिका भरीको नमुना वडा बनाउने उदेश्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।”


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.