स्थानिय जनप्रतिनिधि: नमुना वडा बनाउदै अध्यक्ष अधिकारी


४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हुमनाथ अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मादी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हुमनाथ अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।

वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष हुमनाथ अधिकारी ।

वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।

उहाँले भन्नुभयो,  ” बाटो सडकलाई विशेष जोड दिदै बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने योजना रहेको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुस्तर कायम गर्नको लागि विद्यालयको भवनको मर्मत सम्भार गर्ने, सामुदायिक विद्यालयमा बढि भन्दा बढि विद्यार्थीलाई आर्कषित गर्नको लागि अभिभावकसंग समन्वय गर्ने योजना रहेको वडा अध्यक्ष अधिकारीले प्रष्ट पार्नुभयो ।

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउनको लागि बृहत रुपमा काम भईरहेको उहाँले बताउनुभयो ।

कृषिको क्षेत्रमा कृषकलाई वडाको पहलबाट पँचास प्रतिशत अनुदानमा मौरी पालन, बाख्रा पालन,कृषि औजारहरु टयाक्टर, घास काट्ने मेसिन, टनेल, मकैको बिउँ, धानको विउँ, रासायनिक मलहरु वितरण गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
स्वास्थ्यको क्षेत्रमा वडाको घरघरमा गएर स्वास्थ्य सुविधा दिईरहेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी विजुल्लि बत्तिको क्षेत्रमा मर्मत सम्भार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजना तथा कार्यक्रमहरु रहेका छन् । ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.