स्थानिय जनप्रतिनिधि: चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दैः अध्यक्ष तामाङ


१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गंगाजमुना गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा बल बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय धादिङ जिल्ला स्थीत गंगाजमुना गाउँपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ ।

गंगाजमुना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

उहाँले आफ्नो वडालाई खुल्ला प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियानको लक्ष्य राखे सँगै वडामा रहेका गाँउ तथा टोलहरुमा सरसफाई अभियान सुरु गरीएको बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “म मेरो आफ्नो पाँच वर्षीय कार्यकाल भित्र वडामा एक घर एक धाराको अभियान राख सँगै हाल वडामा रहेका गाँउहरु मध्ये तिन वटा गाँउहरुमा कामहरु भइरहेको छ ।”

वडामा रहेका सडकहरुलाई अध्यन गर्दै दिर्घकालीन समय सम्म हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई स्तर उन्नती सँगै व्यवस्थापन गर्ने योजना रहेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

वडामा सडकलार्ई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा रहेका वडावासीहरुलाई आर्थीक रुपमा जोड्न वडामा शनिबारे हाट बजार सञ्चालन गरेसँगै हरेक सामानहरुलाई स्थानीय उत्पादनमा जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषि र शिक्षा क्षेत्रको लागि गाउँपालिका स्तरबाटै वडामा निजी तथा कार्यक्रमहरु समेटेर योजना बनाएको छ, भने वडाबाट हामिले कृषि समुहहरु दर्ता गराएर विभिन्न तालिम तथा सिपहरु सिकाउने योजना बनाएका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै मा.वि विद्यालयलाई कक्षा बाह्र सम्म सञ्चालन गर्ने योजना सँगै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि शिक्षक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई खुल्ला प्लाष्टिक मुक्त क्षेत्र बनाउने र वडामा एक घर एक धारा अभियान सम्पन्न गर्नुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.