स्थानिय जनप्रतिनिधि: चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष जिरेल


२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित वैतेश्वर गाउँपालिका वडा नं. ८ का शान्त बहादुर जिरेल गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा वैतेश्वर गाउँपालिका वडा नं. ८ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय दोलखा जिल्ला स्थीत वैतेश्वर गाउँपालिका वडा नं. ८ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष जिरेल अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष शान्त बहादुर जिरेलले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ८ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष जिरेलले बताउनुभयो ।

अध्यक्ष जिरेलले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा सडकलार्ई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

उहाँले वडावासीहरुलाई आर्थिक रुपमा जोड्नका निम्ती डि.बि.सी. सँग सम्झौता गरेर वडामा दुध डेरी स्थापना गरे सँगै किसानहरुलाई  भैँसी तथा गाईहरू वितरण गरेकोे बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल वडामा सञ्चालन भइरहेका सडकहरुलाई अध्यन गर्दै कसरी दिर्घकालीन समयसम्म सञ्चालन गर्न सकीन्छ, भन्ने बारे वडामा छलफल गर्दै हामी कार्ययोजना निर्माण गर्दै छौँ ।”

वडा अध्यक्ष जिरेलले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुमा स्थायी दरबन्दी व्यवस्थापन गर्ने योजना बनाए सँगै विद्यार्थीहरुलाई सहज हुने गरी विद्यालयसम्म पुग्ने बाटो तथा सडकहरुलाई व्यवस्थापन गरेर बसहरु सञ्चालन गर्दै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

उहाँले स्वास्थ्यको क्षेत्रमा वडावासीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै जेष्ठ नागरीकहरुलाई सामाजीक सुरक्षा भत्ता वितरण गर्ने समयमा साधारण स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका लक्षित वर्गहरुलाई समेटेर छुट्टै कार्यक्रमहरु व्यवस्थापन गरेर अघि बढ्ने योजना बनाए सँगै हामी त्यस अन्तर्गत कार्यक्रमहरु बनाउने तयारीमा छौँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि सरकारी पेशा सँगै सामाजीक सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष जिरेल भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै वडावासीहरुले पाउनु पर्ने सेवा सुविधाहरु सहजै प्रदान गर्ने र वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्ने लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.