प्रेमप्रसाद आत्मदाह प्रकरण : प्रहरीले उपेन्द्र महतोसँग पनि लियो बयान


काठमाडौं । आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।

काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि केही दिन आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका पत्रका आधारमा प्रहरले व्यवसायी महतो र उनले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यले व्यवसायी महतोको कम्पनीले बाँकी बक्यौता दिनुपर्नेमा म्याद ग्रुजेपछि घिउ फिर्ता गरेका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उल्लेख गरे पछि प्रहरी महतोसँग बयान लिएको हो ।

आचार्यको मृत्युपछि उहाँकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.