भाञ्जीका नाममा बनाइदिएको मालारानी, एक धार्मिक पर्यटकीय स्थल


नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो। समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ। किवंदन्तीअनुसार प्राचिन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला माला निकै सुन्दर भएकोले उनलाई सबैले रानिको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको धार्मिक मान्यता छ। मालारानी मन्दिरमा वडादशैँको त्रयोदशीका दिन ठूलो मेला लाग्दै आएको छ। मन्दिरबाट चारैतिर हिमालय पर्वतको हिमश्रृङखला देख्न पाईन्छ। अर्को अच्चमको कुरा त के छ भने, रुखको टोड्कोमा रहेको यो पानी कहिल्यै रित्तिदैन् सुक्दैन। पानी छुँदा मात्रै पनि मनले चिताएको पुग्ने हुनाले टोड्काको पानीलाई मनचिन्ते पानी भनिएको मालारानीका स्थानीय समाजसेवी जनार्दन खनालको भनाई छ । पर्यटकहरुलाई बस्न खानकोे रामो व्यवस्थापनका लागी मन्दिर नजिकै गोईली र कुनाखर्कमा होमस्टे निर्माण गरीने खनालले बताए। मन्दिरमा पुग्न छोटो सडकमा पर्ने बाईको बरमकोटामा पुल निर्माणको काम भैरहेको बताए।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.