पालिका सरकार: जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ: नगर प्रमुख भाट (अन्तर्वार्ता)


२७ फागुन ,काठमाडाैं ।   देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ ।  आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाहरुबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन।

तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन् । उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्। यस अर्थमा केही पालिकाहरुले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन् । जनताको सुःख दुःखका सारथी बनेका छन्।

मधुवन नगरपालिकाले चालु आर्थिक वर्षमा पालिकावासीको मर्का र आवश्यक्ताअनुसार बजेट ल्याएर काम सुरु गरेको बताएको छ ।

यसै पालिकाका नगर प्रमुख तेजबहादुर भाटसँग वडा खबरले गरेको कुराकानी 

कार्यकालको प्रारम्भमा के -कस्ता योजनाहरु अगाडि बढाउनुभएको छ ?

हामी मधुवन नगरपालिकामा निर्वाचित भएर आएको दश महिना वितेको छ । सुरुवाती समयमा हामी आर्थिक वर्ष २०७९ र ८० को नीति तथा कार्यक्रम बनाउँदैमा व्यस्त भयौं । अहिले हामीले सडकका टेन्डर खुलाएका छौं ।

कृषि, शिक्षा, स्वास्थ्य, सडक र पर्यटनलाई प्राथामिकतामा राखेर हामीले बजेट बनाएका छौं । अहिले हामी योजना बनाउनेमै व्यस्त छौं।

जनताको आर्थिक स्तर सुधार्नका लागि हामीले कृषिलाई पहिलो प्राथामिकतामा राखेका छौं । कृषिमा पनि खेतीलाई भन्दा पशुपालनलाई बढी महत्व दिएका छौं। फलफूल र तरकारीको उत्पादनमा वृद्धि गर्ने हाम्रो लक्ष्य छ ।  मधुवनलाई कृषीमा आत्मनिर्भर बनाएका छौ ।

कृषीलाई व्यवसायिमुखी बनाउने. लक्ष्य राखेर अगाडी बढिरहेका छौं । वर्षदेखि लाल पुर्जा विहिनका लागी लाल पुर्जा दिने कार्यक्रम अगाडि बढाएको छौ ।
यसमा प्रदेश र संघसँग पनि छलफल र माग गरिरहेका छौं । मधुवन क्षेत्रको व्यवस्थापन राम्रो बनाउन हामी लागिपरेका छौं।
बाढी तथा जंगली जनावर यहाँको समस्या रहेको छ ।  जंगली जनावरले बालीनाली खाई दिने जंगलीजनावरलाई मार्न पनि नपाइने नियन्त्रण गर्न पनि नपाइने नियम छ । वर्ष दिन खानका लागि खेती लगायो, सबै जनावरले खाइदिन्छ ।

यसबाट जोगीन त्यो हुनाले हामीले केही हदसम्म नियन्त्रण गर्न लागीरहेका छौं । जंगली जनावरले क्षती नपुयाने बाली नालीको पहिचान गरी सो अनुरुप खेती गर्ने योजना बनाउन लागेको बताउनुभयो ।

मधुवन नगरमा विकास निर्माणमा के कस्ता चुनौतीहरु रहेका छन् ? 

हामीले जेठ ९ गते कार्यभार सम्मालेका थियौं । जेठ १० गते नै मैले प्रदेश सरकारका मन्त्रीहरुसँग भेटेर केही योजनाहरु टिपाएको थिएँ । त्यो अनुसार केही योजनामा प्रदेशले बजेट हालेको छ ।

प्रदेश र संघले योजनाहरु नदिए हामीलाई विकास गर्न निकै कठिन हुन्छ । एउटा विडम्बना के छ भने स्थानीय तहसँग जम्मा ११ प्रतिशत बजेट हुन्छ । प्रदेशसँग १९ प्रतिशत हुन्छ ।

संघसँग ७० प्रतिशत हुन्छ । त्यसो हुनाले केन्द्र सरकारले योजना हालेन भने केही पनि विकास हुन सक्दैन । हामी केन्द्र र प्रदेशसँग यहाँको आवश्यक्ताहरुको बारेमा जानकारी गराइरहेका छौं । यो कार्यकालमा कुनै वर्ष कम बजेट परे पनि अर्को वर्ष राम्रो योजनाहरु पार्ने हाम्रो प्रयत्न छ ।

हाम्रो पालिका भौगोलिक रुपमा विकट छ । जनताको अपेक्षा धेरै र बजेट कम छ । सडकको अवस्था भद्रगोल छ । वडा नम्बर २ मा जंगली जनावरको प्रकोप धेरै छ । बाह्रै महिना चल्ने बाटो बनाउनु पर्ने छ ।

वडामा र पालिकामा उत्पादन भएका वस्तु बजारसम्म पु-याउन सक्ने अवस्था छैन । पालिकाको बजेट चालु खर्चमै सकिने अवस्था हुन्छ । सिँचाइको र खानेपानीको पनि समस्या छ । यसको लागि धेरै बजेट आवश्यक पर्छ ।

त्यसो हुनाले यहाँको विकास गर्न यस्ता चुनौतीहरु छन् । तर पनि हामी यी चुनौतीहरुको सामना गर्दै मधुवनमा समृद्धि ल्याउन अगाडि बढेका छौं ।

स्थानीय तहमा भएका अनियमितताका कुरा पनि बेलाबेला सुन्ने गरिन्छ । मधुवनमा भ्रष्टाचारलाई हुन नदिन के गर्नु हुन्छ ?

२०७४ को निर्वाचनबाट स्थानीय तहमा साथीहरु जितेर आउनुभयो । केही पालिकाहरुले अनियमितता पनि गरे । गाउँगाउँमा सिंहदरबार पु¥याउने भनियो । तर राजाहरु उत्पति भएको जस्तो हामीले पनि महसुस गरियो । नामको मात्रै सिंहदरबार गाउँगाउँमा आयो, तर स्रोत—साधनले पुगेन ।

स्रोत साधन र अधिकार नदिएर सिफारिस गर्न मात्रै स्थानीय तहलाई दिएर गाउँ—गाउँमा सिंहदरबार पुग्दैन । स्थानीय तह र प्रदेशलाई संघले कुनै दौड प्रतियोगितामा हात, खुट्टा बाँधेर दौडिन जा, भनेजस्तो भएको छ ।

स्थानीय तहमा भ्रष्टचार भयो भन्ने कुरा एकदमै व्यापक रुपमा उठेको कुरा हो । अरु पालिकाहरुले के गर्छन् मलाई थाहा छैन । तर म हाम्रो मधुवन नगरपालिको यो कार्यकालमा १ रुपैयाँ पनि भ्रष्टचार गर्दिन र गर्न दिन्न ।

हामीले हरेक काम नियम र प्रक्रिया अपनाएर गर्दा अनियमितता हुन पाउँदैन । म राजनीतिलाई व्यापार बनाउन हुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ ।

जनप्रतिनिधि बन्नु भनेको बिलकुल समाज सेवा गर्न बनेको हो । म निरन्तर रुपमा समाज सेवामा थिए अहिले झनै जनताले मन र मत दुवै मलाई दिनुभएको छ ।

म लगातार निरन्तर रुपमा समग्र पालिका प्रतिनिधि हु जनताको सेवा गर्नुका लागी यो नगर प्रमुखको पद पाएको हो गर्भका साथ जनताको सेवामा लागेको छु । यो पाँच वर्षमा म नियममा रहेर काम गर्ने छु। हाम्रो पालिकाको हरेक गतिविधि नियम र प्रक्रियामा हुने छन् ।

स्थानीय तहले बजेट निर्माण गर्दा निमुखा, उत्पीडनमा परेकाहरुको मागलाई वास्ता नगरी टाठा—बाठाहरुको अनुकूल बजेट बनाउँछ भन्ने पनि सुनिन्छ नी ?

तपाईँले एकदमै सही कुरा उठान गर्नुभयो । हामीले यो वर्ष नीति तथा कार्यक्रम बनाउँदा, योजना छनोट गर्दा टोल—टोलमा सबै मान्छेहरु भेला गरेर तथा वुद्धिजिविहरु संग सबैको आवश्यक्ता टिपोर्ट गरेका छौं ।

त्यो आवश्यक्ताहरु वडामा लगेर ती मध्येका पनि महत्वपूर्ण आवश्यक्तालाई छनोट गरियो । वर्ष दिन पुगेको छैन हामी आएको जनताका सबै अपेक्षा पूरा गर्न सकिँदैन ।

त्यसो हुनाले हामीले जनतालाई तत्कालै पूरा गर्नु पर्ने मागहरुलाई महत्वमा राखेर बजेट विनियोजन गरेका छौं । हामी यो पाँच वर्षे कार्यकालमा सबै जनतालाई चित्त बुझ्ने गरी काम गर्ने छौं ।

यो कार्यकालमा मधुवन नगरपालिकामा भ्रष्टचार भएन । तर काम राम्रो भयो भनेर जनताले महसुस गर्ने गरी हामीले काम गर्ने छौं

शिक्षा क्षेत्रको विकासका लागि के पहल गर्नुभएको छ ?

तुलनात्मक रुपमा यस नगरपालिकामा रहेका विद्यायलको शैक्षिक अवस्था राम्रै छ । तर, भनेअनुसार विकास हुन सकेको छैन । शिक्षामा सुधार होइन अब क्रान्ति गर्नुपर्छ भनिरहेको छु । पराम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ ।

बर्दियामा तपाई सन्त नेताका रूपमा परिचित हुनुहुन्छ । घर,परिवार नभनिकन निरन्तर समाज सेवामा नै जीवन व्यतित गर्नु भएको छ। तछाड, मछाड नगरिकन नगर मेयरमा जितेर आउनुभयो, तपाईं भन्दापछि उदाएकाहरु काहाँ पुगे ?  कहिले गुनासो भएन ?  म पछाडि छुटे जस्तो महसुस भएन ?

जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ म निरन्तर रुपमा लागी रहेको छु जनताको सेवामा मलाई नगर प्रमखको पद पनि  मागेको थिईन साथीभाईहरुको मायाले गर्दा आज समग्र नगरबासीको सेवा गर्ने अवसर पाए यो मेरो अहोभाग्य हो।

जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । नगरको चौतर्फी विकासको लागि पालिकामा म सदैब लागि परिरहने छु ।

मलाई सत्ता ,पद आदि कुनै कुराको मोह छैन निरन्तर सेवामा लागी परेको छु । कहिले तछाड, मछाड गर्न जानिएन र त्येस्तो गर्न आफ्नो नैतिकताले कहिल्यै दिएन । म मेरो जिवन जनताकै सेवामा समर्पित गर्न छु ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ ? के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी स्थानीय वासीको कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं । प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं ।

हामी जनप्रतिनिधि र जनता सबैको सपना मधुवनलाई समृद्ध र सुन्दर नगरपालिका बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा समग्र नगरबासिलाई के भन्न चाहानुहुन्छ ।

मधुवन नगरबासी प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर नगर प्रमुखमा जिताउनु हुने सम्पुर्ण नगरवडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नुभएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।

सम्पुण नगरबासीलाई नगरमा समेटेर नगरबासीको मनोभावना बुझेर सोहि अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा नगरबासीका समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छुु ।

जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने नगरको चौतर्फी विकासको लागि पलिकामा म सदैब लागि परिरहने छु ।

हामी जनप्रतिनिधि पालिकाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । पालिकाको काममा साथ दिनुहोला । कमि—कम्जोरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्दै छु । यही भन्न चाहन्छु । धन्याबाद

पालिकामा जम्मा बजेट १ अर्व ७ करोड  रहेकाे छ । धेरै बजेट निकासा भएकाे शिषर्क पुर्वाधार रहेकाे प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख)  धर्मराज न्यौपानेले जानकारी दिनुभयाे।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.