ब्यक्तिगत खर्चमा बालविकास कक्षा सञ्चालन


सागर परियार
२६ फागुन, राजपुर । बर्दियाको राजापुर नगरपालिका वडा न ७ बाजुरा टोलमा व्यक्तिगत खर्चमा बालविकास कक्षा सञ्चालन गरिएकाे छ ।

बालविकास कक्षा आशमानी चौधरीले व्यक्तिगत खर्चमा सञ्चालन गरी राख्नु भएकाे छ । उहाँले भन्नुभयाे, ‘आफुले यो जिम्मेवारी लिनुभन्दा पहिले एक जना महिला दिदीले बालविकास कक्षा सञ्चालन गरी राख्नु भएकाे थियाे।’

उहाँले थप्दै भन्नुभयाे, यहाँ केही पनि थिएन, आफैँ केही दिन सडकमा राखेर बालबालिका पढाएको र पछि सत्तार फारममा भएको बेवारिसे गौशालाको जस्तापात तथा फलामका खम्बा त्यहीबाट ल्याएर भित्ता बेर्ने खरिया, माटो पटानी ज्याला मजदुरी आफैँले दिएर यो भवन निर्माण गरेकाे छु।’

आफुले २ वर्ष देखि पढाउदै आउँदा सुरु सुरुमा आफैले घरबाट बालबालिकालाई कपी कमल दिनुका साथै दिवा खाजा पनि दिएकाे उहाँले बताउनु भयाे ।

३१ जना बालबालिका अध्ययन गर्ने बालबिकास केन्द्रमा नगरपालिकाले केही समय पहिला पिफम म्याट र पाल उपलब्ध गराएको थियो । नगरपालिकाले पटक–पटक अनुमगन गरेर आवश्यकता महसुस गरेपनि आजका दिनसम्म यो बालविकासलाई अनुमति भने दिएको छैन ।

आफुले २ वर्ष यतादेखि बिना कुनै सेवा सुविधा कक्षा सन्चालन गर्दै आएको उहाँले बताउनु भयाे । बालबिकास सहजकर्ता चौधरीले बालबालिकासँग रमाउन पाउँदा अत्यन्तै खुसी लाग्ने गरेकाे सुनाउनु भयाे ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.