निःशुल्क अध्यापन: निशुल्क अंग्रजी भाषा सिकाउँदै वडा अध्यक्ष पुलामी मगर


 २५ फागुन ,काठमाडाैं ।  सभापोखरी १ नम्बर वडाका वडा अध्यक्ष इश्वर  पुलामी मगरले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क अंग्रेजी भाषाको कक्षा सञ्चालन गरी सिकाइरहनु भएको छ ।

उहाँले अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भाषाको प्रयोग र महत्व दिनप्रति दिन बढ्दै गएकोले वडामा रहेका बालबालिकाले पनि
अंग्रेजी भाषा सिकुन् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो ।

वडा अध्यक्ष मगरले भन्नुभयो, ’ग्रामीण क्षेत्रमा विद्यार्थीले भाषा सिक्न हजारौं खर्च गरी सहर जानुपर्ने तर आर्थिक अभावका कारण सो अवसरबाट वञ्चित भएका बालबालिकालाई यो सुनौलो अवसर हो।’ उहाँले आफूले जानेको विषय निःशुल्क अध्यापन गराउन पाउदा खुशी लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ’ गर्व लागेको छ, तर यस्तो अवसर आफूले नपाउँदा धेरै दुःख लागेको छ, र एसएलसी सकेपछि धरानमा उच्च शिक्षा हासिल गर्न जाँदा मात्र अंग्रेजी भाषा सिक्ने अवसर मैले पाएको थिएँ। त्यसपछि मात्र आफ्नो अंग्रेजी भाषा सम्बन्धी ज्ञानमा व्यापक छलाङ आएको थियो, यसलाई मैले गाउँमा पनि सिकाउनै पर्ने आवश्यकता ठानेकोले निःशुल्क अंग्रेजी भाषाको कक्षा सञ्चालन गरेको छु।’

‘विद्यार्थीलाई अंग्रेजी भाषामा अब्बल बनाउन कक्षा सञ्चालन गरिएको हो,यसबाट बालबालिकाको शिक्षामा सुधार हुने आपेक्षा गरेको छु’, उहाँले थप्दै भन्नुभयो।

दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांश बालबालिका अंग्रेजी भाषा सिक्नबाट वञ्चित छन् ।

हाल वडा अध्यक्ष मगर ३१ वर्षको हुनुहुन्छ । २६ वर्षको उमेरमा नै व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका वडा अध्यक्ष मगरले अब पि। एच। डी। गर्ने लक्ष्य लिनुभएको छ ।

उहाँले अब बाँकी सम्पूर्ण जीवन राजनीति र समाजसेवामा लागेर बिताउने बताउनु भयो । कानुन संकायबाट एल एल बि दोस्रो वर्षमा पनि वडा अध्यक्ष मगर अध्ययन गरिरहनु भएको छ ।

पौष १३ गतेबाट निःशुल्क अंग्रेजी भाषाको कक्षा सञ्चालन गरिएको वडा अध्यक्ष मगरले बताउनु भयो । उहाँले भन्नुभयो,’३ महिनासम्म कक्षा सञ्चालन गरिनेछ, यो कार्यक्रम प्रत्येक वर्ष निरन्तर गरिनेछ।’

तस्बिर

वडा नम्बर १ का वडा अध्यक्ष इश्वर पुलामी मगर  विद्यार्थीलाई पढाउदै ।

वडा नम्बर १ का वडा अध्यक्ष इश्वर पुलामी मगर  विद्यार्थीलाई पढाउदै 

 

वडा नम्बर १ का वडा अध्यक्ष इश्वर पुलामी मगर मगर विद्यार्थीलाई पढाउदै 


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.