स्थानिय जनप्रतिनिधि: वडामा खानेपानी, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष तामाङ


♦ध्रुब कार्की

१७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्ला स्थित किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहहरु मध्ये एक स्थानीय तह हो ।

यस गाउँपालिकाको नामाकरण वडा नं. ३ मा रहेको एक प्रसिद्ध धार्मिक स्थल किस्पाङ पोखरीको नामबाट परिचित यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो ।

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरु मध्ये ५ नंं. वडा मनकामना हो । यो वडा साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो । यस वडाको जनसंख्या ३३२१ र क्षेत्रफल १०.२७ वर्ग कि।मी रहेको छ ।

किस्पाङ गाउँपालिका स्थित ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा प्रकाश तामाङ डिम्डुङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

किस्पाङ गाउँपालिका स्थित ५ नम्बर वडाले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै गाउँपालिकाको बजेट अनुसार सारा नेपाल संस्था सँग साझेदारी गरेर वडामा खानेपानीहरुको कामहरु गरीरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका किसानहरुलाई उन्नत जातको नगदे बालीसँगै बाख्रा पालनमा पनि जोड दिर्दै कृषि क्षेत्रलाई अगाढी बढाउने योजना रहेको बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन लागीरहेका छौँ साथै सबै विद्यालयलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग बसेर शिक्षा ऐन तथा कार्यनिती बनाउन छलफल गरिरहेका छौँ ।”

वडामा रहेको गाउँपालिका मध्येको नमुना स्वास्थ्य चौकी मनोकामना स्वास्थ्य चौकी क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

सडक, खानेपानी लगायतका समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।’ वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेने वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि संघ संस्था तथा समाज सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडा खानेपानी तथा सडकको क्षेत्रमा रहेका समस्याहरुलाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अगाढी बढाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.