स्थानिय जनप्रतिनिधि: वडावासीको आवश्यकक्ताअनुसार योजनाहरु ल्याएका छौंः तामाङ


♦ध्रुब कार्की
१५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला स्थित सूर्यगढी गाउँपालिका नेपालको स्थानीय सरकारको रूपमा २०१७ (२०७३) मा समाहित भएको हो । सूर्यगढी गाउँपालिकाको सदरमुकाम नुवाकोट जिल्लाको चोकडे बजारमा अवस्थित छ ।

सूर्यगढी गाउँपालिका साबीकको लाच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान गाउँ विकास समितिलाई गाभेर गठन गरीएको छ । यस गाउँपालिकालाई हाल ५ वटा वडामा विभाजन गरिएको छ ।

सूर्यगढी गाउँपालिका स्थित १ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा राज कुमार तामाङ (रञ्जित) निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष तामाङले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

सूर्यगढी गाउँपालिका स्थीत १ नम्बर वडाले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

वडा नम्बर १ भौगोलीक रुपमा ठुलो भएको कारण सेवाग्राहीहरुलाई वडा कार्यलयबाट सेवा सुविधाहरु लिन तिन चार घण्टा उकालो ओरालो बाटो हिड्नु पर्ने र वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन तथा नविकरण गर्न आउन जान झनै समस्या भएको कारण वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवाहरु लगाएत विभन्नि कार्यक्रमहरु वडाको तिन स्थानबाट महिनाको पाँच, पन्ध्र र पच्चिस गते घुम्ती सेवा मार्फ्त प्रदान गर्दै आइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

सूर्यगढी गाउँपालिका वडा नम्बर १ भौगोलीक रुपमा ठुलो भएको कारण वडाबासीहरुको सहजताको लागि स्थानीय बासीहरुको घरदैलोमा गएर हरेक महिनाको पाँच गते सलडाँडा टोलबाट बरादे, घाटगाँउ, डाँडाटोल, कंलेज त्यसैगरी पन्ध्र गते धोबीखोला महाकाली आधारभुत विद्यालयबाट धोबीखोला, प्रेउसउरा, गंगटान टोल, बरादे, मोर्थुम र पच्चिस गते डिटासउरा टोलबाट सानो भोर्ले, मानडाँडा, मरुडाँडा टोलहरुलाई समेटेर वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवाहरु लगाएत विभिन्न कार्यक्रमहरु प्रदान गर्ने गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने उद्देश्यले स्वयंम सेविकाहरु परीचालन गरेर आमा, छोरी र शिशु बचाउ अभियान सहित वडाको तिन स्थानबाट महिनाको पाँच, पन्ध्र र पच्चिस गते वडाबासीहरुको प्रेसर, सुगर जस्ता रोगहरुको निशुल्क परीक्षण गरेर स्वास्थ्य सेवाहरुलाई अझ गुणस्तर बनाउन लागि परीरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी वडामा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै सत्तरी कटेका वृद्धवृद्धाहरुलाई वडाबाट निशुल्क स्वास्थ्य बिमा गरीएको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन हामी महिनाको दुई तिन पटक विद्यालयहरुमा गएर अवलोकन गर्दै अझ गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेको खेतीयोग्य जमिनहरुको माटो परीक्षण गरेर आउदो दिनहरुमा माथिल्लो क्षेत्रमा आलु र तल्लो क्षेत्रलाई धानको पकेट क्षेत्र बनाएर वडाबासिहरुलाई कृषिमा आत्मनिर्भर बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु प्रदान गर्ने योजना बनाएका छौँ ।”

उहाँ अघिल्लो कार्यकालमा वडा सदस्य पदमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.