अपाङ्गता भएकालाई लेखा तालिम


१५ फागुन,डुम्रे । नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ । उनीहरुलाई आत्मनिर्भर बनाउन टेवा पु¥याउने उद्देश्यले सो तालिम प्रदान गरिएको हो ।

शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले अपाङ्गता स्वालम्बन समूहको बचत परिचालन गर्ने, हिसाब राम्रोसँग राख्न सिकाउने, आयआर्जनको रकमलाई सही तरिकाबाट व्यवस्थापन गराउने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो ।

उक्त शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले तालिममा ऋषिङ गाउँपालिकाका आठ वटै वडामा रहेका अपाङ्गता स्वालम्बन समूहका अध्यक्ष, कोषाध्यक्ष, रेडक्रस उपशाखाका स्वयम्सेवक, अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुष्ठ न्यौपानेले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने भावानाअनुरुप नै काम गरिहेको उल्लेख गर्दै यस्ता तालिमले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीहरुलाई जगतबन्धु वाग्लेले प्रशिक्षण दिनुभएको थियो ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.