स्वतन्त्र राजनीतिमा युवाहरुको आकर्षण


बुटवल |श्रावण १८

वर्तमान राजनीतिमा नेपाली युवाहरुको सक्रिय सहभागिता निकै बढ्दो देखिदैछ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमांडौ महानगरपालिका, धरान र धनगढी मा क्रमशः बालेन्द्र शाह, हर्क साम्पङ र गोपि हमाल ले स्वतन्त्र बाट विजयी हासिल गरेपछी युवाहरुको राजनीति तर्फ चासो र सहभागीता उल्लेखनीय देखिएको छ। आगामी मङ्सिर मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि देशै भरी बाट स्वतन्त्र उम्मेदवारी दिनेको लर्को चलेको छ। साथै Galaxy 4K टिभी बाट विदा भएका रबि लामिछाने ले स्वतन्त्र नाम राखेरै नया दल दर्ता गरेर देशै भरी प्रचार प्रसार मा जुटेका छन। वर्तमान दल बाट आम जनता तथा सचेत नागरिक हरु पनि राजनीति तथा देशको बागडोर अब नया पुस्ताको हातमा दिनुपर्छ भन्ने आवाज उठाइरहेका छन। सोही क्रममा स्वतन्त्र उम्मेदवारी अभियान समेत सन्चालन गरेर देशका कुना कुना बाट युवाहरु गोलबद्ध हुँदै अगाडि आएका छन। यस्तै लुम्बिनी प्रदेश को हकमा पनि श्रावण १६ गते बुटवल को ट्राफिक चोकमा स्वतन्त्र उम्मेद्वारी अभियान अन्तर्गत युवाहरुको भेला तथा छलफल सम्पन्न भएको थियो। सो कार्यक्रम अभियान का संयोजक डम्बर साहु को उपस्थितिमा लुम्बिनी प्रदेशका स्वतन्त्र उम्मेदवार तथा विभिन्न पेशामा आबद्ध युवाहरुको सहभागिता रहेको थियो। सो कार्यक्रमको आयोजना तथा समन्वय स्वतन्त्र राजनैतिक युवा समुहका सुशील खनाल को सकृयता मा भएको थियो। भेला तथा छलफल सङै लुम्बिनी प्रदेशलाई समेट्ने गरि भैरहवा बस्ने इशा खड्का ज्यु को संयोजकत्वमा मा समन्वय समिती गठन गरिएको थियो भने सुशील खनाल ले सचिवालय को जिम्मेवारी पाएका छन। उक्त कार्यक्रममा आफ्ना भावी योजना तथा रणनीति हरुको को चर्चा गर्दै अधिवक्ता प्रख्यात बन्जाडे, ड.निकोलस भुसाल, सुमन सयामी, उपेन गहिरे, तथा बेलबासे ले बोलेका थिए।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.