अवस्था गम्भिर:  मधुवनमा बाघको आक्रमणबाट ३ घाइते


१० फागुन, काठमाडाैं ।  मधुवन नगरपालिका २ बंगालीपुरमा बुधबार बाघको आक्रमणमा परी ३ जना घाइते भएका छन्।

बाघको आक्रमणबाट घाइते हुनेहरुमा ७० बर्षिय फुलराम चौधरी , १५ बर्षिय विनायक चौधरी र ४० बर्षिय धर्म चौधरी रहेका छन्।

बुधबार गाउँ नजिकै खेतमा बाख्रा चराउदै गरेका फुलराम चौधरीलाई बाघले पछाडी बाट आक्रमण गरेको थियो।

बाघ देख्ने वितिकै अत्तालिएर कराउँदै भाग्न खोेजेका चौधरीलाई बाघले आक्रमण गरेको वडा नम्बर १का वडा अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो । बाघले आक्रमण गरेपछि प्रतिकार समेत गरेका चौधरी टाउको र हातमा चोट लागेको   छ ।

स्थानियले बाघको आक्रमणबाट फुलराम चौधरीलाई बचाई जिल्ला अस्पताल गुलरीया उपचारका लागी पठाएकोे वडा अध्यक्ष थापाले बताउनुभयो।

अध्यक्ष थापाले भन्नुभयाे,’ यो घटना पछि वनको टोली लगाएत स्थानिय गरी ४०,५० जनाको हुल सहित घटना स्थलमा पुगेका के थियौ बाघ त लुुकेर झाडिमा बसेको रहेछ १५ बर्षिय विनायक चौधरी र ४० बर्षिय धर्म चौधरीलाई समेत बाघले झम्टिएर घाइते बनायो।’

उपचारका लागी दुबै जनालाई अस्पताल लगेको जानकारी दिनुभयो । घटनाको जानकारी पाउना साथ मधुुवन नगरपालिकाले उपचारका लागि सरकारसंग सहयाेगकाे  गर्दै पे्रस विज्ञप्ती निकालेको छ ।

प्रेस विज्ञप्ती

 

 


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.