स्थानिय जनप्रतिनिधि: चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दैः अध्यक्ष खड्का


२ फागुन, काठमाडाैँ । नेपालको बाग्मती प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १३, अरुणठाकुर दुधौली नगरपालिकाको १४ वटा वडा मध्यको एक वडा हो जुन साबिक अरुणठाकुर गा.वि.स. का वडा नं. १ दखि ९ सम्मका ९ वटा वडाहरु समावेश भएर बनेको वडा हो ।

सिन्धुली जिल्ला दुधौली नगरपालिका स्थित १३ नम्बर वडामा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा दिपक खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ, दिपक खड्का हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

अध्यक्ष खड्काले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

पछिल्लो समय दुधौली नगरपालिका स्थित १३ ले विकासको फड्को मारिहेको छ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर १३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

उहाँले वडामा रहेका सडकहरुलाई अध्यन गरेर सडकहरुलाई मर्मतसँगै स्तर उन्नती गर्ने काम भएको बताउनुभयो ।

वर्षाको समयमा वडा देखी नगरपालीका सम्म जोडीने सडक एकदमै नाजुक हुने हुदाँ सडकहरुलाई कालोपत्रे र खोलाहरुमा पुल निमार्ण गर्ने योजना बनाइएको अध्यक्ष खड्काले बताउनुभयो ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुको भौतीक संरचनाहरुलाई मर्मत गर्दै शिक्षालाई गुणस्तर बनाउन हामी लागि परीरहेका छौँ ।”

हाल वडामा बिजुली बत्ती बाल्ने काम भइरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

वडामा रहेका युवा तथा महिलाहरुलाई खेलकुद प्रोत्साहनको लागी बजेट छुट्याईएको र खेलकुद कार्यक्रमहरु योजनामा समेटेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

उहाँ निर्वाचीत हुनुभन्दा अघि राजनितीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर १३ का वडा अध्यक्ष खड्काले बताउनुभयो ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।”

वडा अध्यक्ष खड्का भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।”


No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.