स्थानिय जनप्रतिनिधि: पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष अधिकारी


१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गंगाजमुना गाउँपालिका स्थित ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा कुमार बहादुर अधिकारी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ, कुमार बहादुर अधिकारी हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

अध्यक्ष अधिकारीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, “वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।”

वडामा चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै मासु, दुध र फलफुल उत्पादनमा जोड दिदैँ वडाको माथिल्लो भेगको पन्ध्र सय रोपनीमा दश देखी बाह्र हजार दाँते ओखर लगाउने योजना रहे सँगै केही दिनमा सम्पन्न हुने बताउनुभयो ।

वडामा रहेका सडकहरुलाई अध्यन गर्दै निर्माण सँगै स्तर उन्नती गरेर सडकहरुलाई व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले गाउँ पर्यटन क्षेत्रलाई प्रबद्धन गर्न सम्बन्धीत निकायहरु सँग समन्वय गर्दै वडामा आन्तरीक पर्यटन र धार्मीक पर्यटन तथा बाहय पर्यटनलाई प्रभावकारी बनाउनका लागि होमस्टेहरुको विकास गर्दै पर्यटन क्षेत्रहरुलाई आकर्षीत बनाउन हामी लागि परीरहेका छौँ ।”

वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन विद्यालयहरुमा सबै ल्याबहरुको व्यवस्था गर्दै प्राविधीक कक्षाहरु सञ्चालन गर्ने उद्देश्यका साथ शिक्षकहरुलाई ल्यापटप तथा कम्प्युटरहरु वितरण गरेका छौँ । त्यसैगरी विद्यालयमा डिप्लोमा कट्राक्ट कक्षा सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा पालिका भरीको स्वास्थ्य केन्द्रको रुपमा विकास गर्न वडामा रहेका स्वास्थ्य क्षेत्रहरुमा विभिन्न ल्याबहरुको व्यवस्था गर्दै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरूलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडामा रहेका युवा तथा महिलाहरुको लागि सिप मुलक कार्यक्रमहरुका साथै उहाँहरुलाई व्यवसायीक क्षेत्रमा प्रोत्साहन गर्न एक एक वटा बाख्रा वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि आर्मी सँगै विभिन्न संघ संस्थाहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा अध्यक्ष अधिकारीले भन्नुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।”


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.