स्थानिय जनप्रतिनिधि: आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष तामाङ


२५ माघ काठमाडाैँ । बागमती प्रदेश रसुवा जिल्ला स्थित गोसाईकुण्ड गाउँपालिका वडा नं. १ का उर्केन छिरीङ तामाङ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय रसुवा जिल्ला स्थित गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष उर्केन छिरीङ तामाङ अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौ । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा नम्बर १ का बासिन्दाले मलाई गरेको विश्वास र भरोसा म सदैव मेरो कार्यकालमा अझै धेरै सुधार र परिर्वतन ल्याउने मेरो इच्छा रहेको छ । म निर्वाचित भइसकेपछि जनताले गरेको अपेक्षा भनेको वडाको विकास उन्नति नै हो यसमा म लागी परीरहेको छु ।

वडामा विशेष प्राथमिकतामा शिक्षा र स्वास्थ्यलाई राखेर योजनाका कामहरु तीव्र गतीमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरु विस्तार गर्दै वर्षाै देखी सडक नपुगेको ठाउँहरुमा सडक निर्माण गरेर सार्वजनीक बसहरु सञ्चालन गर्ने काम सम्पन्न गरेका छौँ ।”

त्यसैगरी वडा नम्बर १ पर्यटनको क्षेत्र रहेकोले पर्यटन क्षेत्रहरुलाई आकर्षीत गर्दै सरसफाई सँगै पर्यटन पदमार्गहरु निर्माण सँगै मर्मत सम्भार गरेका छौँ ।

उहाँले खानेपानीको क्षेत्रमा आर्थिक बजेटअनुसार आर्थिक वर्षमै वडामा एक घर एक धारा भन्ने धारणाका साथ खानेपानीको व्यवस्था गर्नै योजना रहेको बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले स्वास्थ्यको क्षेत्रमा वडामा रहेको अस्थायी स्वास्थ्य भवनलाई स्थायी रुपमा स्वास्थ्य भवन निर्माण गरेर सम्पुर्ण सेवा सुविधाहरु प्रदान गर्ने योजना बनाएका छाैँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका किसानहरुलाई कृषि सम्बन्धी कार्यक्रमहरु सँगै अनुदान दिने योजना रहेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

वडामा रहेका महिलाहरुलाई उद्यमी बनाउने लक्ष्यका साथ पच्चिस पच्चिस जना महिलाहरुको समुह बनाएर केही दिनमै लघु उद्यमीमार्फत तालिमहरु प्रदान गर्ने योजना बनाएका छौँ ।

त्यसैगरी वडामा रहेका युवाहरुलाई सिर्कमी, डर्कमी, प्लम्बीङ सम्बन्धी तालिमहरु प्रदान गर्ने योजना रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि राजनीतिक क्षेत्रमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेका युवाहरुलाई वडामै रोजगार दिने योजनाका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीलाई के भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”


No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.