स्थानिय जनप्रतिनिधि: जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु : वडा अध्यक्ष विष्ट (अन्तर्वार्ता)


२६ फागुन ,काठमाडाैं ।    देशैभर स्थानीय तह निर्वाचन सकिएको छ । जनताले आफ्नो ठाउँको विकासका लागि अमूल्य मत दिएर आफ्ना प्रतिनिधिहरूलाई चुनेका छन् ।

बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधि कलम बहादुर विष्ट बि.सं. २०७९ को स्थानीय निर्बाचनबाट निर्बाचित वडा अध्यक्ष हुनुहुन्छ ।

विष्ट नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको  प्रयास थियो । पाँच वर्ष संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ।

नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन सकिएको छ ।

र, गाउँ(गाउँमा सिंहदरबारको नारा विकासले मुहार फेरिएको छ । स्थानीय सरकारका प्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा बिष्ट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अघिल्लो पटकभन्दा यस पटक सब वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ । नवनिर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् ।

वडा खवरले ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर विष्टसंग गरेकाे कुराकानी  सम्पादित अशस्….

तपाईं भर्खर चुनाव जितेर आएको १० महिना भएको छ रु आफ्नो वडामा के–के समस्या देख्नुभा’छ ?

मैले ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा थुप्रै समस्या देखेको छु । स्वास्थ्य, शिक्षा, जंगली जनावरको आतंकलगायतका क्षेत्रमा ठूलो समस्या छ । युवा बेरोजगारीका कुरा छन् । बालबालिका, गर्भवतिको स्वास्थ्यका कुरा छन् ।

खानेपानीको समस्या छ । सरसफईको जटिलता छ । कर्मचारी व्यवस्थापन, सुशासन र भ्रष्टाचार नियन्त्रणको चुनौती छ । यी सबै क्षेत्रमा काम गर्नपर्ने छ । मैले यी समस्याको पहिचान गर्दै योजनावद्ध र क्रमिक रुपमा सुधारका काम गर्दै लैजाने छु ।

तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता राख्नुहुनेछ ?

जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु  । मेरो कार्यकालमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा रहेका बेरोजगार युवलाई रोजगारीको वातावरण सिर्जना गर्ने छु ।  बेरोजगार युवालाई कृषि उत्पादमा जोडेर व्यवसायीकरणमा प्रेरित गर्ने छु । कृषिमा जोड दिदैं खेतीयोग्यो जमिन

बजारीकरण गरेर युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना गर्ने छु । मानिस उद्यमशीलतामा लागे वडाकोे विकास हुनेमा म विश्वस्त छु । यो तराई क्षेत्र हो । हाम्रा तमाम युवा भारत र खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न विवष छन् । उनीहरूको श्रमको हामीले मुलुकमै सदुपयोग गर्न सके वडाको विकासलाई कसैले रोक्न सक्दैन।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा शिक्षा, स्वास्थ्य जस्ता कुरामा निकै पछि रहेको भन्नुभयो, ती कुरालाई कसरी अघि बढाउनु हुन्छ ?

ठाकुरबाबा नगरपालिको वडा नम्बर ७ मा शिक्षा र स्वनास्थ्यमा म निकै गम्भीर छु । मा.वि शैक्षिक भवन बनाएको तथा शैक्षिक क्षेत्रमा लगानी गरेको हुनाले वडामा शैक्षिक क्षेत्रमा सुधार भएको छ ।

गुणस्तर शिक्षा दिनका लागि हामी योजना बनाउने छौं । भरखर निर्वाचित भएर आएका छौं ।  हामी कहाँ-कहाँ कमजोर रहेछौं त्यसको पहिचान गर्दै ती कुरामा सुधार गर्दै लैजाने छौं ।

सामान्य उपचारका लागि जनताले भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने छ । अहिलेलाई हाम्रो वडामा स्वास्थ्य चौकी छ। यसलाई व्यवस्थित व्यवस्थापन गर्ने छौं ।

केही संवैधानिक तथा आर्थिक कठिनाइहरू पनि छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । तर त्यसलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं ।

स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ रु तपाईंलाई त्यस्तो लाग्छ ?

तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरेहोलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।

भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिवद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।

भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिवद्ध रहन निर्देशन दिन चाहन्छु ।

त्यसो भए भ्रष्टाचार रहित वडाका बनाउन सक्नेमा विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिवद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने छु ।

तपाईं निर्वाचित भइसकेपछि जनताले तपाईंप्रति राखेका अपेक्षा केकस्ता पाउँनु भयो ?

जनताका अपेक्षा असिमित रहेका छन् । जनताको प्रमुख आवश्यकता भनेको स्वास्थ्य, शिक्षा र रोजगारी नै हो । हाम्रा तमाम युवा रोजगारीको सिलसीलामा विदेशिनु परेको छ ।

त्यसका बाबजुद पनि उहाँहरूले विदेशबाट आएर आफ्नो ठाउँको विकासका लागि मलाई अमूल्य मत दिएर विजयी गराउनु भएको छ ।

यो कुरामा म गम्भीर र सधैँ सचेत रहने छु । यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेतर्फ मेरो प्रयास रहने छ । व्यावसायिक कृषि पालनमा युवालाई आकर्षित गरेर रोजगारीको सिर्जना गर्ने हाम्रो योजना छ । यसले युवालाई देशमै स्वरोजगार बनाउनेमा म विश्वस्त छु ।

तपाईंलाई काम गर्न वडामा कुनै कानुनी अड्चक छन् कि रु पालिका सरकारबाट के भइदियोस् चाहानु हुन्छ ?

म २०७४ सालमा निर्वाचित वडा सदस्यमा रहेर काम गरेको हुनाले पनि धेरै काम गर्न सहज भएको छ । केही संवैधानिक कठिनाइहरू पनि छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं ।

त्यस्ता जटिलताबाट बच्न विवेक प्रयोग गर्दै प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा हामीअघि बढ्ने छौं । कानुनी अड्चनलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं।

तपाईंको वडा मा कर्मचारीको प्रयाप्तता वा अभाव के छ ?

्हारम्रो वडाामा निजामति कर्मचारीको समस्या छ । एक जना कार्यलय सहयोगी र सचिव हुनुहुन्छ । अझैँ हामीले कतिपय क्षेत्रमा कर्मचारीहरूको अभाव भोगिरहेका छौं।

जसले गर्दा सेवाग्राहिलाई छरितो रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनौं । पालिकाले कर्मचारी पठाउने जानाएको छ । अघिल्लो कार्यकालका साथिहरूले पनि यो समस्या भोग्नु भएको हो।

यो समस्या समाधानका लागि केन्द्र सरकारको ध्यान चाँडै पुग्नेछ भन्नेमा म विश्वस्त छु । अन्त्यमा, हामी सबैका साझा प्रयासले मात्रै विकास सम्भव हुने हो । त्यसैले विभिन्न राजनीतिक दल, जनता र कर्मचारीको साथ पाउनेमा म विश्वस्त छु।

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ ? के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी स्थानीय वासीको कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं ।

प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ७ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा समग्र वडाबासिलाई के भन्न चाहानुहुन्छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।सम्पुण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोहि अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छुु ।

जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

अन्तमा पुन के भन्छु भन्दा खेरी हामी जनप्रतिनिधि वडाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । वडाको काममा साथ दिनुहोला । कमि—कम्जोरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्ने छु । यही भन्न चाहन्छु । धन्याबाद

वडामा जम्मा बजेट  ४९ लाख ६९ हजार  रहेकाे छ । धेरै बजेट निकासा भएकाे शिर्षक शिक्षा १२  जसमा लाख  बजेट  निकासा भएकाे वडा नम्बर ७ का वडा सचिव लोकेन्द्र बहादुर साउँदले जानकारी दिनुभयाे ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.