स्थानिय जनप्रतिनिधि: वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष दाेङ


२९ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. ३ का लक्ष्मन लामा दोङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर जुगल गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. ३ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दोङ अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष लक्ष्मन लामा दोङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष दोङले बताउनुभयो ।

वडा अध्यक्ष दाेङले भन्नुभयो, “म वडामा निर्वाचित भइसकेपछी वडाको केही टोलमा बिजुली बत्ती बाल्ने काम सम्पन्न गरैसँगै अन्य विकास योजनाका कामहरु भइरहेको छ ।”

वडामा विशेष प्राथमिकतामा सडक, बिजुली, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषी लगाएत चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडा अध्यक्ष दोङले भन्नुभयो, “हाल वडामा भएका गोरेटो बाटो तथा सडकहरुलाई अनुगमन गरेर गोरेटो बाटोहरु निमार्ण गर्ने कामहरु भइरहेको छ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा रहेका फर्महरुमा राम्रो उत्पादन गर्ने किसानहरुलाई अनुदान दिने योजना रहेको बताउनुभयो ।

वडा अध्यक्ष दोङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

उहाँले स्वास्थ्यको क्षेत्रमा वडामा रहेका पिछाडीएको वर्गका सुत्केरी महिलाहरुलाई निशुल्क उपचारको व्यवस्था गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई लक्षित गर्दै उहाँहरुलाई सिप मुलक तालिमहरु प्रदान गर्ने योजना बनाएका छौँ ।”

उहाँ निर्वाचित हुनु भन्दा अघि समाज सेवामा नै पेशामा भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष दोङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडा रहेका अधुरा कामहरुलाई पुरा गर्दै सडक र बिजुली बत्ती वडाको सबै टोलहरुमामा पुर्याउनु साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.