स्थानिय जनप्रतिनिधि: सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः अध्यक्ष बस्नेत


२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. ३ का युग बहादुर बस्नेत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. ३ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बस्नेत अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष बस्नेतले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।

वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा सडकलार्ई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका वडावासीहरुलाई मध्येनजर गर्दै उहाँहरुलाई आर्थिक रुपमा जोड्नका निम्ती वडामा रहेका कृषकहरुलाई गाई, भैँसी तथा पशुपालनमा उत्प्रेरीत गर्दै वडामा दुध डेरी स्थापना गरेका छौँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै कृषि क्षेत्रमा जोड दिइएको बताउनुभयो ।

वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेर शिक्षालाई गुणस्तर बनाउन शिक्षकहरुलाई तालिमहरु दिने र प्रत्येक विद्यालयहरुमा अन्तर विद्यालय कार्यक्रम गर्ने योजना बनाएका छौँ ।”

त्यसैगरी उहाँले वडामा रहेका सडकहरुलाई स्तर उन्नती गर्ने र सडकका नयाँ ट्रयाकहरु खोल्ने काम भइरहेको बताउनुभयो ।

वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले वडामा रहेका युवा, महिला, अशक्त, अपाङ्ग, तथा लक्षित वर्गहरुलाई बजेट विनीयोजन गरेका छौँ, तर कार्यान्यन भएको छैन्, समितीहरु गठन गर्ने प्रकृयामा छौँ ।”

त्यसैगरी उहाँले शैक्षिक क्षेत्रबाट टाढा रहेका दलित समुहहरुलाई कम्प्युटर सम्वन्धी तालिम प्रदान गर्ने र एक एक थान कम्प्युटर वितरण गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका केही व्यवसाय गर्न खोज्ने तर आर्थिक अवस्था कमजोर रहेका व्यक्तीहरुलाई प्रोत्साहन गर्दै अनुदान दिने योजना बनाएका छौँ ।”

उहाँले बाँकी रहेको बजेटहरुले वडामा रहेका टुहुरा बालबालीकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने योजना रहेको बताउनुभयो ।

वडाबासीको साथ र सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष बस्नेत भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा प्रती घर मासीक तिस देखी चालिस हजार आम्दानी हुने व्यवस्था गर्ने र शिक्षा, स्वास्थ्य र कृषिलाई जोड दिदैँ चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीलाई के भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.