अर्कैको नाममा ‘लाइसेन्स’को ट्रायल दिने श्रेष्ठ पक्राउ


काठमाडौं । भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा मोटरसाइकलको लाइसेन्स ट्रायल दिने परीक्षार्थी पक्राउ परेका छन्।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – ९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका-५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको हो। वास्तविक परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.